पृथ्वी जयन्ती मनाउन समिति गठन

पृथ्वी जयन्ती मनाउन समिति गठन

काठमाडौंः पृथ्वी जयन्ती मनाउन समिति गठन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।

तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन यो समिति गठन गरिएको हो। प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा तीन वटै प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा उपकुलपतिहरू एवं सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक लगायतका सदस्य रहेको मूल व्यवस्थापन समिति गठन भएको हो।

समितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ’पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार–गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्त  रूपमा आयोजना गर्ने निर्णय गरेको छ।

यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रहेको छ।

पुष ५, २०७८ सोमबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।