खुल्ला केन्द्रीय सदस्यमा देउवा बलियो, ३५ मध्ये २५ उनको समूहको

खुल्ला केन्द्रीय सदस्यमा देउवा बलियो, ३५ मध्ये २५ उनको समूहको

काठमाडौँ : कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिले मतगणना सक्काएको हो।

९९ जना उम्मेदवार रहेकोमा ३५ जना निर्वाचित हुँदा संस्थापन शेरबहादुर देउवाको पक्षमा २५ जना निर्वाचित भएका छन्। केन्द्रीय सदस्यको मतदानमा समूहको लिस्ट हावीहुँदा सूचिमा नपरेका राम्रा नेता पराजित भए भने आपराधिक पृष्ठभूमिका केन्द्रीय सदस्य बने। केही नयाँ अनुहार पनि केन्द्रमा पुग्न सफल भए।

निर्वाचन समितिका अनुसार शशाङ्क कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन्। ४७०५ मा उनले ३६३६ मत ल्याए। उनी संस्थापन र संस्थापन दुवैको साझा उम्मेदवार थिए।

एसपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शङ्कर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी,गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनिल थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत पनि निर्वाचित भए।

बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल पनि निर्वाचित भएका छन्। 

राजीव ढुङ्गाना, सञ्जय गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु सिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भए।

पुष ४, २०७८ आइतबार २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।