कांग्रेस मतगणना: २९९३ मत गनिदा शशांकको २४४२, गणेश लामाको ११३४

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको लागि भइरहेको मतगणनामा हालसम्म २९९३ मत गनिएको छ। दिउँसो सवा तीनसम्म २९९३ मत गन्दा हालसम्म शशांक कोइरालाकै अग्रता रहेको छ।
शशांकले हालसम्म २४४२ मत ल्याएका छन्। उनलाई पछ्याउँदै दोश्रोमा १८९६ मतसहित एनपी साउद रहेका छन्। यस्तै बालकृष्ण खाँण १८५१ मतसहित तेश्रो स्थानमा छन्। उदयशमशेर राणाले १८०८ मत ल्याएका छन्।
रामहरि खतिवडाले १७७० मत ल्याएका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १७६४ मत ल्याएका छन्। अर्जुननरसिंह केसीले हालसम्म १७१० मत ल्याएका छन्। सुनिलबहादुर थापाको १५६६ मत रहेको छ।
यस्तै आपराधिक पृष्ठभूमिका गणेश लामाको ११३४ मत छ। उनी पनि कांग्रेसको 'टप ३५'भित्र अटाउने सम्भावना बलियो छ। यद्यपि यो अन्तिम नतिजा भने होइन।
यता पत्रकारिता गर्दै राजनीतिमा होमिएका अजेयबाबु सिवाकोटीले हालसम्म ११३३ मत ल्याएका छन्।
पुष ४, २०७८ आइतबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।