क्रिसमस र नयाँ वर्षको मुखैमा नेदरल्याण्ड्समा कडा लकडाउन

क्रिसमस र नयाँ वर्षको मुखैमा नेदरल्याण्ड्समा कडा लकडाउन

एजेन्सीः अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको मुखैमा नेदरल्याण्ड्समा कडा लकडाउन लगाइएको छ। कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'को बढ्दो प्रभावसँगै नेदरल्याण्ड्समा कडा लकडाउन लगाइएको हो। 

अत्यावश्यकबाहेकका सम्पूर्ण पसल-व्यवसायमा प्रतिबन्ध लगाइएको छ। खाद्यान्नबाहेकका पसल, जिम क्लब, सैलुन लगायतलाई जनवरी १४ सम्म बन्द गर्न आदेश दिइएको छ। यस्तै प्रत्येक घरमा दुईभन्दा बढी पाहुना राख्न पाइनेछैन। एक हप्ताको अवधिमा केवल चार जना पाहुना मात्र राख्न पाइनेछ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्ले यी नगरी नहुने उपाय भएको बताएका छन्। प्रधानमन्त्तीका अनुसार लकडाउन आजबाट लागू गरिएको छ। 

हाल युरोपका बेलायत, नेदरल्याण्ड्स लगायतका मुलुक ओमिक्रोनबाट पीडित भएका छन्। 

पुष ४, २०७८ आइतबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।