नबिल बैङ्कको सय कित्ता शेयर हुनेले कमाए ४८ हजार

काठमाडौँ : आफ्ना शेयरधनीहरुलाई उच्च नाफा दिएको नबिल बैङ्कको सय कित्ता हुने शेयर धनीले ४८ हजार लाभाङस पाउने भएका छन्। नबिल बैङ्कले गत वर्षको मुनाफाबाट शेयर धनीलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। उसले ३३.६० प्रतिशत स्टक र ४.४० प्रतिशत नगद लाभांश रहेको छ।
३३.६० प्रतिशत स्टक लाभांशलाई आधार मान्दा नबिल बैङ्कको एक सय कित्ता सेयर हुने धनीले कुल ३३.६० कित्ता सेयर पाउँछन्। ३३.६० कित्ता सेयरलाई बिहीबारको बजार मूल्य एक हजार चार सय ३० रुपैयाँ रहेको छ।
यसको आधारमा गत वर्षको मुनाफाबाट नबिलका शेयर धनीहरूले ४८ हजार ४८ रुपैयाँ पाउनेछन्।
गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने दोस्रो बैङ्कमा हिमालयन बैङ्क रहेको छ। यो बैङ्कले शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ। बैङ्कले कुल लाभांशको २१.३६ स्टक र ४.६४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
हिमालयनको एक सय कित्ता सेयर हुने शेयर धनीहरूले कुल २१.३६ कित्ता सेयर लाभांशका रूपमा पाउँछन्। नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग मर्जरको प्रक्रियामा रहेका कारण अहिले यो बैङ्कको सेयर कारोबार भने रोकिएको छ।
पुष ४, २०७८ आइतबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।