फिलिपिन्समा 'राई' आँधी: ८० जनाको मृत्यु

फिलिपिन्समा 'राई' आँधी: ८० जनाको मृत्यु

एजेन्सीः फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी ८० भन्दा बढीको मृत्यु भएको छ। राई आँधीले दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाखभन्दा बढी मानिसहरू आफ्नो बासस्थान छोडेर भागेका थिए।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली समेत अवरुद्ध पारेको छ। बिहीबार प्रतिघण्टा १९५ किलोमिटर गतिमा आएको राई आँधीले देशका अधिकांश भागमा असर पुर्याएको थियो।

पुष ४, २०७८ आइतबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।