इमाडोलमा मोटरसाइकल र स्कुटर ठोकिँदा ५ जना घाइते

काठमाडौंः ललितपुरको इमाडोलमा हिजो बेलुका मोटरसाइकलसँग स्कुटर ठोकिँदा पाँच जना घाइते भएका छन्। दुई विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०२-०२९प ६०६७ नम्बरको स्कुटर बा५७प २२८ नम्बरको मोटरसाइकलसँग हिजो बेलुकी पौने आठ बजे ठोकिएको थियो।
ग्वार्कोस्थित बी एण्ड बी अस्पताल र इमाडोलमा रहेको किष्ट अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये स्कुटर चालक झापाकी २७ वर्षीया निशा सुब्बा र मोटरसाइकलमा पछाडि सवार सिन्धुलीका १८ वर्षीय कमल चालिसेको अवस्था गम्भीर रहेको छ।
दुवै सवारी साधनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।
पुष ४, २०७८ आइतबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।