तोलामा चार सयले घट्यो सुनको मूल्य

तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि सुन तोलामै एक हजार महँगिएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार एक सय रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले घटेको छ। आज चाँदी एक हजार २४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। 

पुष ४, २०७८ आइतबार ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।