दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु

दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु

सिरहाः गोलबजार नगरपालिका–६ मा गए राति दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको मृत्यु भएको छ। सोही घटनामा अर्का एक जना घाइते भएका छन्।

गोलबजार – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा लागेर गम्भीर घाइते उनलाई उपचारका लागि धनगढीमाई नगरपालिका– ९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पुष ४, २०७८ आइतबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।