अपराह्न ४ बजे प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै

अपराह्न ४ बजे प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बस्ने भएको हो। 

बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी. जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई बोलाइएको छ।

हट टपिक बनेको एमसीसी परियोजनाबारे सहमति र संसद्मा जारी गतिरोध अन्त्यको उपाय खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।

पुष ४, २०७८ आइतबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।