कांग्रेस केन्द्रीय सदस्य : पहिलोमा शशांक, ३० नम्बरमा गणेश लामा

काठमाडौँ : खुल्लातर्फका ३५ जना केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनाको पहिलो नम्बरमा निवर्तमान महामन्त्री शशांक कोइराला छन्। १५८९ मत गन्दा १३१३ मतका साथ कोइराला पहिलो नम्बरमा छन्। विजय गच्छदारको समर्थनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका गुण्डा नाइके गणेश लामा ३० नम्बरमा छन्।
मतगणनाको नतिजा निकै उतार चढाव आइरहेको छ। देउवापक्षका धेरै उम्मेदवारहरु अगाडि छन्। शशांक देउवा र शेखर दुबै प्यानलमा परेका थिए। लामा देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन्।
३५ भित्रमा एनपी साउद, बालकृष्ण खाँण, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, शंकर भण्डारी, उदय शमशेर राणा, रामहरी खतिवडा, अर्जुननरसिंह केसी, जिप छिरिङ लामा, गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई, डा रामशरण महत, बलबहादुर केसी, जितजङ बस्नेत, नैनसिंह महर, दिलेन्द्रप्रसाद वडु, सुनिल बहादुर थापा, पद्मनारायण चौधरी, मोहन बहादुर बस्नेत, दिपक गिरी, सुरेन्द्रराज काफ्ले लगायतका छन।
३५ सदस्यका लागि ९९ जना उम्मेदवार बनेका थिए।
पुष ४, २०७८ आइतबार ००:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।