म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन: कुलमान घिसिङ

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफू एक्लैको प्रयासमा लोडसेडिङ अन्त्य नभएको बताएका छन्। भक्तपुर ख्रिसमस समाजले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
“म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन, मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारिपूवर्क निर्वाह गरेको हुँ, यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ”, उनले भने।
यस्तै उनले विद्युतको खपत बढाउन समेत आग्रह गरेका छन्। उनले भने, “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ, आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु।”
पुष ३, २०७८ शनिबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।