कैलालीमा घाँटी काटिएको शव फेला

कैलालीः जिल्लाको दक्षिणपूर्वी जानकी गाउँपालिकामा घाँटी काटिएको अवस्थामा शव फेला परेको छ। अमरावती सामुदायिक वन क्षेत्रमा एक युवक घाँटी रेटिएको अवस्थामा आज मृत फेला पारिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मृतक सोही ठाउँका २५ वर्षीय अरुन दास रहेको बताएका छन्। “युवकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको छ”, जोशीले भने।
पुष ३, २०७८ शनिबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।