भारतले विकास गर्‍यो दुई हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक मिसाइल

भारतले विकास गर्‍यो दुई हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक मिसाइल

एजेन्सीः भारतले आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ। "अग्नी पी" नामको मिसाइलको शनिबार सफल परीक्षण गरिएको हो।

भारतको पूर्वी राज्य ओडिशाको तटमा बिहान ११:०६ मा मिसाइलको परीक्षण गरिएको रक्षा मन्त्रालयले जनाएको छ। यो मिसाइलले दुई हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने बताइएको छ। अग्नि पी ब्यालेस्टिक मिसाइल अग्नि श्रृङ्खलाको छैठौं मिसाइल हो।

यो मिसाइल प्रोपेलेन्ट ब्यालिस्टिक मिसाइल हो जसमा डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणाली छ।

पुष ३, २०७८ शनिबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।