मतगणना अपडेट: ११०० मत गन्दा शशांककै अग्रता

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनले आगामी पाँच वर्षको लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाइसकेको छ। हाल खुलातर्फको केन्द्रीय सदस्य पदको लागि मतगणना जारी छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा एक हजार एक सय मत गनिसक्दा डा शशांक कोइरालाले ८८२ मतसहित अग्रस्थान कायमै राखेका छन्। यस्तै दोश्रोमा गृहमन्त्री बालकृष्ण खाँण रहेका छन्। उनले ७९७ मत ल्याएका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६७८ मत ल्याएका छन्।
अर्जुननरसिंह केसीले ६०२ मत ल्याएका छन्। उनलाई सुनीलबहादुर थापाले ६०० मतसहित पछ्याइरहेका छन्। अन्यमा उदयशमशेर राणा ७५१, एनपी साउद ६१३, कुन्दनराज काफ्ले ५९९, गुरु बराल ६०१, गोपालमान श्रेष्ठ ६५७, गोबिन्द भट्टराई ५६६, जितजङ्ग बस्नेत ५१३ लगायतका रहेका छन्।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा कोषाध्यक्ष मनोनीत हुने व्यवस्था छ।
पुष ३, २०७८ शनिबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।