युरोपमा ओमिक्रोन प्रकाशको गतिमा फैलँदै छ: फ्रान्सका प्रधानमन्त्री क्यास्टेक्स

युरोपमा ओमिक्रोन प्रकाशको गतिमा फैलँदै छ: फ्रान्सका प्रधानमन्त्री क्यास्टेक्स

एजेन्सीः फ्रान्सका प्रधानमन्त्री जँ क्यास्टेक्सले कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' युरोपमा प्रकाशको गतिमा फैलिरहेको बताएका छन्। उनले सन् २०२२ को सुरुआती समयमै यसले फ्रान्सका सबै क्षेत्रमा प्रभाव पार्ने पनि चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार फ्रान्सले बेलायतबाट प्रवेश गर्ने यात्रुहरूलाई कडा प्रतिबन्ध लगाउनु केही बेरअघि उनले यस्तो बताएका थिए। हाल बेलायत ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित रहेको छ। शुक्रबार मात्रै बेलायतमा १५ हजार ओमिक्रोन सङ्क्रमित फेला परेका थिए।

हाल महादेशभरि नै सङ्क्रमणको लहर आउने चेतावनी स्वास्थ्यविद्हरूले दिइरहेका छन्। युरोपमा हालसम्म ८ करोड ९० लाखभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने १५ लाखभन्दा बढीको मृत्यु भएको छ। 

पुष ३, २०७८ शनिबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।