लुम्बिनीको बसपार्कमा आगलागी : कसको क्षति कति?

बुटवल : रुपन्देहीको लुम्बिनीस्थित बसपार्कमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन्। २ वटा पसलमा आंशिक क्षति पुगेको छ।
आगलागीबाट बसपार्क क्षेत्रमा रहेका माला, कम्प्युटर, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल जलेर नष्ट भएका हुन। प्रहरी–प्रशासन, स्थानीय तहलाई खबर गर्दासमेत समयमै दमकल नपठाउँदा ठुलो क्षति व्यहोर्नु परेको आगलागी पीडित मनोजध्वज बस्नेतले बताए।
आगलागीबाट करिब ७० लाखको क्षति भएको अनुमान गरिएको छ। करिब ३ दर्जन टहरामा फलफूल, माला तथा अन्य विभिन्न व्यवसाय सञ्चालनमा छन्।
आगलागीबाट मुरलीधर यादवको ४ लाख ७५ हजार, राजकुमार बनियाँको ५ लाख, सुधीरकुमार कलवारको ४ लाख ५० हजार, सुरजकुमार कलवार १३ लाख ५० हजार र धनमाया भट्टराईको ६ लाख ५० हजार रुपैयाँको क्षति भएको छ।
यस्तै महादेव कलवार (बैजनाथ) को ९ लाख ५० हजार, गोविन्द केसीको ८ लाख ५० हजार, मानध्वज बस्नेतको १० लाख, राजेन्द्र केवटको २ लाख ५० हजार, सिद्धार्थ बनियाँको ३ लाख ५० हजार, सोहन बनियाँको ५० हजार र भीमबहादुर चौधरीको १० हजार रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ।
पुष २, २०७८ शुक्रबार २२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।