मेगाले १२.०७ प्रतिशत लाभांश दिने

मेगाले १२.०७ प्रतिशत लाभांश दिने

काठमाडौँ– मेगा बैङ्कको साधारण सभाले १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। ११औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७७८ सम्म सञ्चित मुनाफा र वितरणयोग्य रकमबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार रुपैयाँ लाभांश दिने प्रस्ताव पारित गरेको हो।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५ रुपैयाँ बोनस सेयर तथा २.०७ प्रतिशतले हुन आउने ३० करोड ३३ लाख ५७ हजार ७७४ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो।

साधारण सभाले बैङ्कमा वैदेशिक रणनीतिक साझेदार ल्याउन, गाभ्ने वा गाभिने र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्याङ्कनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणको अधिकार सञ्चालक समितिलाई दिएको छ।

पुष २, २०७८ शुक्रबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।