काठमाडौँ प्रहरीमा गृहमन्त्रीको हमला : आरजुको बलमा टिक्न सकेनन् अशोक

काठमाडौँ प्रहरीमा गृहमन्त्रीको हमला : आरजुको बलमा टिक्न सकेनन् अशोक

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले हुन्न भनेर रोकिएको महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी प्रमुख बदलिएका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले एक महिना अगाडि नै अशोक सिंहलाई फालेर केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सुदीप गिरीलाई ल्याउन खोजेका थिए। १२ महिना नपुगी काजमा सरुवा गर्न खोजेको भन्दै सिंह प्रधानमन्त्री पत्नी आरजु राणाकोमा पुगेपछि काज सरुवाको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेर पनि कार्यान्वयन हुन सकेको थिएन।

सिंहको काज सरुवामा बाधक बनेको भन्दै खाँण महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालसँग रिसाएका थिए। खाँणले सिंहको कार्यशैलीबारे अशन्तोष जनाउँदै प्रधानमन्त्रीलाई मनाएपछि नियमित सरुवा नै नकुरी सिंहको काज सरुवाको निर्णय बिहीबार कार्यान्वयन भएको छ।

परिसरमा रहेका सिंह प्रहरी प्रधान कार्यालयमा सरुवा भए भने गिरी शुक्रवारबाट महानगरीय प्रहरी परिसर काठमाडौँमा आएका छन्।

प्रहरी नियमावली अनुसार एसएसपीको सरुवाको अधिकार गृहमन्त्रीमा रहेको छ। सङ्गठनमा सिंहको तुलनामा गिरी कार्यक्षमतामा बलिया प्रहरी अधिकृतमा गनिन्छन्।

काठमाडौँ प्रमुख हुने अधिकांश प्रहरी अधिकारीहरूले आफ्नो व्यवसायीक करिअर बनाउने गरे पनि सिंहले आफ्नो कार्यकाल हल्ला गराउनमै केन्द्रित गरेर बिताएका थिए।

यसैगरी शुक्ररवार नै विमानस्थल प्रहरी प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र मैनालीलाई पठाइएको छ। पहिला राजेशनाथ बाँस्तोला प्रमुख थिए।

पुष २, २०७८ शुक्रबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।