तीन जनाको नागरिकता रुद्ध, सेनाका उपरथी, सहायकरथी र महासेनानीको सरुवा

तीन जनाको नागरिकता रुद्ध, सेनाका उपरथी, सहायकरथी र महासेनानीको सरुवा

काठमाडौँ : सरकारले तीन जनाको नेपाली नागरिकता प्रमाणपत्र रुद्ध गर्ने निर्णय गरेको छ। सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

सरकारले नेपाल राजस्व परामर्श विकास समितिका सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गरेको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका सहायकरथी सागरबहादुर केसीलाई अवकाश पूर्वउपरथीमा मानार्थ बढुवाका साथै अन्य चार सैनिक अधिकृतको बढुवा गर्ने निर्णय गरेको छ ।

महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय भएको छ। सेनाका प्राविधिक सेवाका सहायकरथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप भएको छ।

सेनाका विभिन्न सेवा समूहका उपरथी, सहायकरथी र महासेनानीको सरुवा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

 मन्त्री कार्कीले कोरोनाको आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्व तयारी परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए। 

उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिसमा पूर्णप्रसाद पौडेललगायत २९ जनालाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको पनि जानकारी दिए। 

पुष २, २०७८ शुक्रबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।