रवीन्द्र मिश्रको विवेकशीलमा विवादै विवाद 

रवीन्द्र मिश्रको विवेकशीलमा विवादै विवाद 

काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल लगायतलाई पार्टीबाट निष्कासन गरेको पाण्डे समूहले आरोप लगाएको छ।

आफ्नो पक्षको  केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर पार्टीमा गणतन्त्रवादी भनेर चिनिएका नेताहरूलाई मिश्रले निष्कासन गरेको पाण्डे समूहको आरोप छ। पाण्डे समूहले विज्ञप्ति निकालेर पार्टीका संयोजक मिलन पाण्डेलाई पुस ४ गतेसम्म स्पष्टीकरण बुझाउन भनिएको जानकारी दिएको छ।

विज्ञप्तिमा बागमती प्रदेशकी संयोजक रन्जु दर्शना र अन्तर्राष्ट्रिय समिति संयोजक सुरेश भट्टलाई पार्टीको जिम्मेवारीबाट बर्खास्त गरिएको र पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको लेखिएको छ। मिश्रले एकीकरणलाई धोका दिएर राजावादी लाइन समातेपछि पार्टीमा विवाद आएको विज्ञप्तिमा उल्लेख छ।

पुष २, २०७८ शुक्रबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।