आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ

स्याङ्जाः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४५ वर्षीया कोपिला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबलबहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

डबलले कुटपिट गर्दा कोपिला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट  प्रहरीको टोली खटिएको थियो। प्रहरीले कोपिलालाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पुष २, २०७८ शुक्रबार १३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।