भारतीय प्रधामन्त्री मोदीले भुटानमा पाए 'सर्वोच्च नागरिक सम्मान'

एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानमा शुक्रबार 'सर्वोच्च नागरिक सम्मान' पाएका छन्। कोभिड-१९ महामारीको समयमा बढ्दो द्वीपक्षीय सहयोग र मित्रताको लागि उनलाई सम्मान गरिएको भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले बताए।
यता भुटानको प्रधानमन्त्री कार्यालयले फेसबुक मार्फत "महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च नागरिक अलङ्कार, न्गाडाग पेल गी खोर्लोको लागि उच्चारण गरेको सुन्दा धेरै खुशी लाग्यो" लेखेको छ।
कोरोना महामारी सुरु भएदेखि नै भारतले भुटानलाई कोभिड-१९ खोप र अन्य चिकित्सा उपकरण सहयोग गर्दै आएको छ।
पुष २, २०७८ शुक्रबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।