एकै दिन हजार रुपैयाँले बढ्यो सुन

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य एकै दिन एक हजारले उकालो लागेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि आज अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २५० तोकिएको छ।
पुष २, २०७८ शुक्रबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।