
पाँच सहमहामन्त्रीको लागि मतगणना सुरु

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आठमध्ये पाँच सहमहामन्त्रीको लागि मतगणना सुरु भएको छ। यसअघि हिजो भएको मतगणनाबाट आदिवासी जनजाति, महिला र दलिततर्फको मतगणनाबाट क्रमशः भीष्मराज आङदम्बे, महालक्ष्मी उपाध्याय डिना र जीवन परियार विजयी भएका छन्।
कांग्रेस निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेबाट मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फको पाँच पदको मतगणना सुरु गरिएको हो। त्यसमध्ये पिछडिएको क्षेत्रतर्फको भने मतपेटिका केही बेरमा खोलिने भएको छ।
मधेसीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव उम्मेदवार छन्। खसआर्यतर्फ सहमहामन्त्रीमा किशोरसिंह राठौर र देवराज चालिसे उम्मेदवार छन्। थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी प्रतिस्पर्धामा छन्। मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिलबीच प्रतिस्पर्धा हुँदैछ।
यता पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन्।
पुष २, २०७८ शुक्रबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।