
टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देहीः बुटवल उपमहानगरपालिका-५ तिनाउमा बिहीबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सर्लाहीको कडेना गाउँपालिका-६ का १७ वर्षीय आकाश पटेल रहेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको उपचारको क्रममा गए राति ८ बजे मृत्यु भएको हो। हिजो साँझ पौने ८ बजे पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु२ख ४९६६ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको लु४४प १६११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
टिपरसहित चालक ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ।
पुष २, २०७८ शुक्रबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।