तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापाः तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन्।

पुष २, २०७८ शुक्रबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।