सहमहामन्त्रीका लागि पाँच पदको मतगणना आज

सहमहामन्त्रीका लागि पाँच पदको मतगणना आज

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा आज सहमहामन्त्री पदको मतगणना हुने भएको छ। हिजो सहमहामन्त्री पदको आठमध्ये तीन पदको मतगणना सम्पन्न भएको थियो।

कांग्रेस निर्वाचन समितिका अनुसार आज मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फको पाँच पदको मतगणना हुनेछ।

हिजो भएको आदिवासी जनजाति, महिला र दलिततर्फको मतगणनाबाट क्रमशः भीष्मराज आङदम्बे, महालक्ष्मी उपाध्याय डिना र जीवन परियार विजयी भएका छन्। आङदम्बे र उपाध्याय संस्थापन प्यानलका हुन् भने परियार संस्थापनइतर प्यानलका हुन्।

पुष २, २०७८ शुक्रबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।