मौसम अपडेट: सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा

मौसम अपडेट: सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज नेपालको सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण मौसममा बदली हुन लागेको हो।

हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ।

यस्तै आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ। 

पुष २, २०७८ शुक्रबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।