राष्ट्रिय सभा चुनाव : २ हजार २५ मतदाता, १४ मतदान केन्द्र 

राष्ट्रिय सभा चुनाव : २ हजार २५ मतदाता, १४ मतदान केन्द्र 

आयोगले ५३२ प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख १ हजार ४९३ गरी जम्मा २ हजार २५ जनाको मतदाता नामावली स्वीकृत गरेको जनाएको छ। 

आयोगले प्रदेश नम्बर १ मा २ वटा र अन्य ६ वटा प्रदेशमा एक एक वटा मतदानस्थल भित्र दुई दुई वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ। 

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेश सभा सदस्यहरूका लागि वाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ। 

यस्तै प्रदेश नम्बर २ का लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान स्थल तोकिएको आयोगले जनाएको छ। 

गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको आयोगले  विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते मतदान हुनेछ। 

पुष १, २०७८ बिहीबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।