
आइतबार २५ साउन, २०८२
सहमहामन्त्रीमा डिना उपाध्याय विजयी, दलिततर्फ संस्थापनइतर समूहको अग्रता

शेरबहादुर देउवा प्यानलकी उपाध्याय २ हजार ५३३ मत ल्याएर विजयी भएकी हुन्। प्रतिस्पर्धी शेखर कोइराला प्यानलकी कमला पन्तले २ हजार १०५ मत प्राप्त गरिन्।
कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको दलीतर्फको मतगणनामा शेखर कोइराला प्यानलका जीवन परियारले अग्रता लिएका छन्।
४ हजार १ सय मतको गणना सकिँदासम्म परियारले १ हजार ९१९ मत ल्याएर अग्रता कायम गरेका हुन्।
प्रतिस्पर्धी शेरबहादुर देउवा प्यानलका मानबहादुर विश्वकर्माले १ हजार ८९२ मत प्राप्त गरेका छन्।
पुष १, २०७८ बिहीबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।