
महामन्त्रीमा गगन निकै अगाडि,पछ्याउँदै शर्मा र महत

काठमाडौँ : नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको मतगणनामा गगन थापा सबैभन्दा अगाडि छन्। ३१२० मत गन्दा थापाले २०३७ मत पाएका छन्।
दोस्रोमा विश्वप्रकाश शर्माले १२५५ मतले थापालाई पछ्याइरहेका छन्। शर्मालाई १०२४ मतसहित प्रकाशशरण महतले पछ्याएका छन्।
प्रदीप पौडेल ९३५, मिनेन्द्र रिजाल ५४६ र राजारामले ७५ मत ल्याएका छन्।
महामन्त्रीमा अग्रता लिइरहेका थापा शेखर कोइराला समूहका हुन्। उनलाई पछ्याउने शर्मा प्रकाशमान सिंहको। महत र पौडेल शेरबहादुर देउवा समूहका हुन्। रिजाल कोइराला समूहका उम्मेदवार हुन्।
महामन्त्रीको मत परिणामले सभापतिमा कस्सिएको गुटगत मत महामन्त्री पदमा पुगेर भत्किएको देखियो।
पुष १, २०७८ बिहीबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।