
आइतबार २५ साउन, २०८२
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भरतपुरमा आपत्कालीन अवतरण

काठमाडौंः बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि भरतपुर विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ। भरतपुरबाट उडान भरेको केही बेरमै प्राविधिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरिएको हो।
भरतपुर विमानस्थलका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेबित्तिकै भरतपुरमै जहाज पुनः अवतरण गरिएको हो।
१८ यात्रु र चालक दल सवार जहाजमा सवार सबै जना सकुशल छन्। बुद्ध एयरको बीच क्राफ्ट जहाजमा हाल समस्यको पहिचान गर्ने कार्य जारी छ।
पुष १, २०७८ बिहीबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।