२५२० मत गणना हुँदा गगनले ल्याए १६४८, विश्वले कटाए एक हजार

२५२० मत गणना हुँदा गगनले ल्याए १६४८, विश्वले कटाए एक हजार

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जारी महामन्त्री पदको मतगणनामा हालसम्म २५२० मत गणना गरिएको छ। हालसम्म गगन थापाले नै अग्रता कायम राखेका छन्।

गगन थापाले १६४८ मत ल्याउँदा उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन्। यस्तै तेश्रो स्थानमा प्रकाशशरण महत छन्। उनले ८२७ मत ल्याएका छन्। चौथौमा प्रदीप पौडेल छन्। उनले ७४६ मत ल्याएका छन्।

हालसालै महामन्त्रीको प्रतिस्पर्धामा आफू पछिपरेको भन्दै राजीनामा दिएका रक्षामन्त्री मिनेन्द्र रिजालले ४३६ मत ल्याएका छन्। यस्तै पुछारमा रहेका उम्मेदवार राजाराम कार्कीले ६४ मत ल्याएका छन्। 

पुष १, २०७८ बिहीबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।