
रक्षामन्त्री रिजालले दिए राजीनामा

काठमाडौंः रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन्। आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले राजीनामा दिएको उनले बताएका हुन्।
हाल भइरहेको महामन्त्री पदको प्रारम्भिक मतगणनामा उनी सुरुदेखि नै ६ उम्मेदवारमध्ये पाँचौंमा रहेकाले राजीनामा दिन लागेको बताएका छन्। उनले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने पनि बताएका छन्।
'नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु', रिजालले लेखेका छन्।
जारी मतगणनामा २१२० मत गन्दा रिजालले ३६५ मत मात्र प्राप्त गरेका छन्।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
पुष १, २०७८ बिहीबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।