
आइतबार २५ साउन, २०८२
२१२० मत गनियो: १३८५ गगनको, विश्वको ८५१

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको लागि भइरहेको मतगणनामा २१२० मत गनिएको छ। २१२० मत गन्दा गगन थापाले १३८५ मत ल्याएका छन्।
गगनले सुरुदेखि नै अग्रता बनाइरहँदा विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन्। उनी दोश्रो स्थानमा छन्।
तेश्रो स्थानमा प्रदीप पौडेल र प्रकाशशरण महतबीच प्रतिस्पर्धा चलिरहेको छ। महतले ६९८ मत ल्याउँदा पौडेलले ६२१ मत ल्याएका छन्।
यस्तै मिनेन्द्र रिजालले ३६५ मत ल्याउँदा पुछारमा रहेका राजाराम कार्कीले ५९ मत ल्याएका छन्।
पुष १, २०७८ बिहीबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।