
आइतबार २५ साउन, २०८२
११९५ मत गन्दा गगन-विश्वको अग्रता

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको लागि भइरहेको मतगणनामा ११९५ मत गनिसकिएको छ। ११९५ मत गन्दा गगन थापाले अग्रता कायमै राखेका छन्।
गगनले ७५६ मत ल्याएका छन्। उनका पछिपछि विश्वप्रकाश शर्मा ४९० मतसहित दोश्रो स्थानमा छन्।
यता प्रदीप पौडेल ३६९ मतसहित चौथो स्थानमा धकेलिएका छन्। तेश्रो स्थानमा ३८९ मतसहित प्रकाशशरण महत रहेका छन्।
मिनेन्द्र रिजाल २२३ मतसहित पाँचौं स्थानमा छन्। ३८ मतसहित राजाराम कार्की अन्तिममा छन्।
पुष १, २०७८ बिहीबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।