
आइतबार २५ साउन, २०८२
६०० मत गन्दा गगन अघिअघि विश्वप्रकाश पछिपछि

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको लागि भइरहेको मतगणनामा ६०० मत गनिसकिएको छ। ६०० मत गन्दा गगन थापाकै अग्रता रहेको छ।
गगनले ३८९ मत प्राप्त गरेका छन् भने उनलाई विश्वप्रकाश शर्माले पछ्याउँदै २२९ मत ल्याएका छन्।
यता प्रदीप पौडेलले २०६ र प्रकाशशरण महतले १९३ मत ल्याएका छन्। मिनेन्द्र रिजालले १०५ मत ल्याउँदा राजाराम कार्कीले १८ मत ल्याएका छन्।
पुष १, २०७८ बिहीबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।