प्रतितोला ७०० रुपैयाँले बढ्यो सुन

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुन

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य एकै दिन सात सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार पुगेको छ।

यसअघि छापावाल सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ। 

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ। 

पुष १, २०७८ बिहीबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।