महामन्त्री मतगणना लाइभ: ५०० मत गन्दा गगनले ल्याए ३२५

महामन्त्री मतगणना लाइभ: ५०० मत गन्दा गगनले ल्याए ३२५

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको लागि भइरहेको मतगणनामा ५०० मत गनिसकिएको छ। ५०० मत गन्दा गगन थापाले अग्रता कायमै राखेका छन्। 

हाल गगन थापा ३२५ मतसहित अग्रस्थानमा छन्। उनलाई विश्वप्रकाश शर्माले १८५ मतसहित पछ्याइरहेका छन्। यस्तै अर्का उम्मेदवार प्रदीप पौडेल १७७ र प्रकाशशरण महत १६३ मतसहित क्रमशः तेश्रो र चौथो स्थानमा छन्। 

यता महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल ८६ मतसहित पाँचौंमा छन्। राजाराम कार्कीले हालसम्म १२ मत प्राप्त गरेका छन्। 

पुष १, २०७८ बिहीबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।