वर्ल्डलिंकले भित्र्यायो ६०० एमबीपीएसको इन्टरनेट

वर्ल्डलिंकले भित्र्यायो ६०० एमबीपीएसको इन्टरनेट

काठमाडौंः इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालमा ६०० एमबीपीएसको इन्टरनेट सेवा भित्र्याएको छ। योसँगै वर्ल्डलिंक नेपालमा सर्वाधिक गतिको इन्टरनेट सेवा प्रदायक बनेको छ। 

यसअघि चौधरी घरानाको सीजी इन्टरनेटले एक सय एमबीपीएसको इन्टरनेट प्रदान गर्दै आफूलाई उच्च गतिको इन्टरनेट सेवा प्रदायकको रूपमा उभ्याएको थियो। 

हाल विश्वको औसत इन्टरनेटको गति ८० एमबीपीएस हाराहारीमा रहेको छ। नेपालमा औसत गति २२ एमबीपीएस छ। वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको इन्टरनेटको औसत गति पनि ८० एमबीपीएस पुग्ने अनुमान कम्पनीले गरेको छ। 

यस्तै कम्पनीले अब पहिलेभन्दा सस्तो मूल्यमै एक सय ५० एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न सकिने पनि जनाएको छ। 

पुष १, २०७८ बिहीबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।