महामन्त्रीको लागि मतगणना सुरु

महामन्त्रीको लागि मतगणना सुरु

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। केही बेरअघिबाट मतगणना सुरु भएको हो। 

हाल पार्टी कार्यालय सानेपामा मतगणना भइरहेको छ। मतगणना तीन स्थानमा भइरहेको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाका बीच मतगणना भइरहेको छ। यसअघि आज बिहान आएको मतपरिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। 

सभापतिमा शेरबहादुर देउवा यसअघि नै विजयी भइसकेका छन्।  

पुष १, २०७८ बिहीबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।