लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय बुटवलबाट दाङ सारियो

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय बुटवलबाट दाङ सारियो

रुपन्देहीः प्रदेशको मुकाम बुटवलमा रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ सारिएको छ। लुम्बिनी प्रदेशको राजधानी तोकिएको राप्ती उपत्यकामा मन्त्रालय सारिएको हो।

बुधबारदेखि मन्त्रालयले दाङबाटै काम सुरु पनि गरिसकेको छ। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्थायी राजधानीबाट मन्त्रालयले काम सुरु गरेको बताए।

मन्त्री थारुले नै दाङमा मन्त्रालयको उद्घाटन समेत गरेका थिए। सो अवसरमा उनले संघीय सरकार र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको भएको बताएका थिए। 

पुष १, २०७८ बिहीबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।