जडिबुटी र केशरमहलमा दुर्घटना: ५ जना घाइते

काठमाडौंः बुधबार साँझ काठमाडौंको जडिबुटिमा मोटरसाइकल र स्कुटर एकापसमा ठोकिँदा ४ जना घाइते भएका छन्। घाइतेमध्ये काँडाघारी बस्ने रामेछापकी २३ वर्षीया अनिशा तामाङको अवस्था गम्भीर रहेको छ।
घाइते चार जनाकै बी एण्ड बी अस्पताल ग्वार्काेमा उपचार भइरहेको छ। हिजो साँझ साढे ५ बजे प्रदेश ३–०२–००८ प ५९९५ नम्बरको स्कुटर र बागमती प्रदेश–०२–००४ प २३५७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएका थिए।
दुवै सवारी साधन नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ।
यस्तै गए राति काठमाडौंकै केशरमहलमा सवा ११ बजे बा९६प ३३४४ नम्बरको मोटरसाइकल पल्टिँदा ललितपुरको इमाडोलका ३० वर्षीय उमेश सुवेदी घाइते भएका छन्। महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ।
पुष १, २०७८ बिहीबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।