दुई मतले हारेका गच्छदारले माग गरे पुन: मतगणना

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा पराजित भएका उम्मेदवार विजयकुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन्। केवल दुई मत कम भएका कारण पराजित गच्छदारले पार्टीको निर्वाचन समितिमा पुनः मतगणना गर्न माग गरेका हुन्।
कांग्रेसको महामन्त्रीमा दुई जनाको सिट हुन्छ। त्यसमध्ये एक सिट सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले ओगटिसके। बाँकी एक पद शेखर कोइराला प्यानलका धनराज गुरुङले ओगटे।
तर देउवा प्यानलका अर्का उम्मेदवार गच्छदार दुई मत अभाव हुँदा गुरुङसँग पराजित भए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत ल्याएका थिए।
पुष १, २०७८ बिहीबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।