महामन्त्री पदको मतगणना ९ बजेबाट

महामन्त्री पदको मतगणना ९ बजेबाट

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनले सभापति र उपसभापतिको टुंगो लगाएसँगै सबैको ध्यान अब महामन्त्रीतर्फ केन्द्रित भएको छ। महामन्त्री पदको लागि भएको निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा गर्ने तयारी भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ जनाले मतदान गरेका थिए। महामन्त्रीका लागि गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन्। 

यसअघि नै सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् भने पहिलो पटक उपसभापतिका लागि भएको निर्वाचनले पूर्णबहादुर खड्का र धनराज गुरुङलाई विजयी बनाइसकेको छ।  

पुष १, २०७८ बिहीबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।