शुक्रबारबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने, वर्षा र हिमपातको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालमा भोलिबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने जनाएको छ। शुक्रबार बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको हो।
यस्तै सोही क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार साँझबाट भने मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ।
पुष १, २०७८ बिहीबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।