सुजाता र महेशको हार पक्का, पूर्णबहादुर अगाडि, धनराज र गच्छदारको टक्कर

सुजाता र महेशको हार पक्का, पूर्णबहादुर अगाडि, धनराज र गच्छदारको टक्कर

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेकी सुजाता कोइराला हार्ने निश्चित भएको छ। मत गणनामा उनी निकै तल छिन्। तर उनले सिंहले सभापतिमा ल्याएको मतभन्दा बढी मत ल्याइसकेकी छिन्।

३ हजार पाँच सय ५८ मत गन्दा सुजाताले ४ सय ३८ मत पाएकी छिन्। कुनै प्यानलमा नबसी उपसभापतिको उम्मेदवार बनेका महेश आचार्यले ४ सय १३ मत ल्याएका छन्। मतदान स्थलमा उनले बाँडेको हस्तलिखित पत्रको निकै चर्चा भएको थियो।

पार्टीमा नीतिमाथिको बहस हराएको भन्दै उनले उपसभापतिमा उम्मेदवारी दिएका थिए। मतगणनामा पूर्णबहादुर खड्का अगाडि छन्। उनले १६३४ मत ल्याएका छन्।

शेरबहादुर देउवा समूहकै उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार दोस्रो नम्बरमा छन्। उनले १४४३ मत ल्याएको बताइए पनि उनले १४४२ मत मात्र ल्याएको तर एक बढी भनेको भन्दै विवाद भएको थियो। धनराज गुरुङले एक सय बन्डलको पुन मत गणना गर्न माग गरेका छन्।

संस्थापनइतर पक्षका धनराज गुरुङले १४३७ र डा.चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन्। प्रारम्भिक मतगणनामा भण्डारीले अग्रता लिए पनि पछि पर्दै गएका छन्। विमलेन्द्र निधी प्यानलकी दिब्यश्वरी शाहले ११७ मत पाएकी छन्। 

पुष १, २०७८ बिहीबार ००:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।