कांग्रेस उपसभापतिको मतगणनामा विवाद, फेरि गन्नु पर्ने धनराजको माग

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा जारी मतगणनामा विजय कुमार गच्छदारले पाएको मत भन्दा बढी घोषणा गरेको भन्दै धनराज गुरुङ पक्षले पुन मतगणनाको माग गरेका छन्।
मतगणनामा गच्छदारले १४४२ मत पाए पनि १४४३ घोषणा भएको भन्दै गुरुङ पक्षले पुन मतगणनाको माग गरेका हुन्।
गुरुङ पक्षले एक सय वटा बन्डलको मत फेरि गन्नु पर्ने माग गरेपछि मतगणना स्थल कांग्रेस पार्टी कार्यालय सानेपामा विवाद भएको छ।
विवादका कारण ३५५८ मत गणनाको परिणाम सुनाएपछि बाँकी मत गणनाको परिणाम सार्वजनिक गरिएको छैन।
कांग्रेसको निर्वाचित हुने दुई उपसभापतिमा गुरुङ, गच्छदार, पूर्णबहादुर खड्का, डा.चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिब्यश्वरी शाह चुनावी मैदानमा छन्।
मंसिर २९, २०७८ बुधबार २३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।