धनराजलाई पछि पार्दै गच्छदारको अग्रता 

धनराजलाई पछि पार्दै गच्छदारको अग्रता 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा संस्थापन पक्षका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

कांग्रेस पार्टी कार्यालयमा जारी मतगणनामा खड्काले १६३४ मत र गच्छदारले १४४३ मत ल्याएर अग्रता लिएका हुन्। 

उपसभापतिमा संस्थापनइतर पक्षका धनराज गुरुङले १४३७ र डा.चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन्।

३५५८ मतको गणना सकिँदा सुजाता कोइराला ४३८, महेश आचार्य ४१३ र दिब्यश्वरी शाहले ११७ मत पाएका छन्। 

मंसिर २९, २०७८ बुधबार २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।